INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या कसुर ठहर गर्दै २५ वर्ष कैदको फैसला

मसला पिस्ने लोहोरो प्रहार गरी पत्नी हत्याका गरेकाे ठहर  गर्दै  आरोपितविरूद्ध शितगंगा नगरपालिक –३ ठाँडा खर्सका ५४ वर्षीय पिताम्बर भुसाललाई जिल्ला अदालतले भदौ १८ गते  १५ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश श्रीकृष्णजंग शाहको इजलाशले पत्नी हत्याका कसुरदार ठहर गर्दै भुसाललाई जन्म कैद (२५ वर्ष) सजायको फैसला गरेको र पीडित राहत कोषमा २ हजार ४ सय रूपियाँ जम्मा गर्नु पर्ने आदेश दिएको  जिल्ला अदालतका नायब शुब्वा रामप्रसाद आचार्यले बताउनु भयो ।

दिउँसो घरभित्र काम गरिरहेकी ५१ वर्षीया महिलालाई  ०७९ असोज ७ गते आरोपितले मसला पिस्ने लोहोरोले हानेर हत्या गरेको भन्दै मृतकका आफन्तले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी  दिएका थिए ।

आरोपितलाई  प्रहरीले असोज ८ गते  गिरफ्तार गरी अनुसन्धान प्रतिबेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ०७९ असोज ३० गते अर्घाखाँची जिल्ला अदालतमा कर्तव्य ज्यान अभियोगको मुद्दा दर्ता गराएको थियो ।

जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भ्टराईको ०७९ असोज ३१ गतेको इजलासले आरोपितलाई पूर्पक्षकालागि अर्घाखाँची कारागारमा थुनामा पठाएको थियो ।

शवको पोष्टमार्टम, अर्घाखाँची अस्पताल सन्धिखर्कमा ०७९ असोज ८ गते गरिएको थियो ।

अन्य

भिडियो