INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–८ का ३३ वर्षीय बिदुर भन्ने बुधीप्रसाद ढुङ्गानालाई जिल्ला अदालत सर्लाहीले भदौ ६ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश कपिलमणी गौतमको इजलासले आरोपितलाई तीन वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडित महिलालाई आरोपित ढुङ्गानाले २०७७ जेठ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय लालबन्दीमा ०७७ असार ११ गते उजुरी दिनु भएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७७ असार १२ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

आरोपित पुर्पक्षका लागी सिन्धुली जिल्ला कारागारमा रहेको स्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।

अन्य

भिडियो