बुद्धभुमि नपा-२ गोरुसिङ्गेकी ३५ वर्षीया गङ्गा खनालको शव असार १५ गते बिहान ८ बजे घरदेखि १ सय मिटर पश्चिममा रहेको पानीको गढहामा फेला परेको छ ।
रातिदेखि हराएकी खनालको खोजविनको क्रममा घरदेखि पश्चिममा रहेको घोलामा पानीमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । घोलामा झाडी रहेको र घोला नजिकै दुईजोर चप्पल देखे पछि घोलाभित्र खौज्दै जाँदा शव भेटिएको बताइएको छ ।
उनको मृत्यु कसरी भयो भन्ने बारेमा प्रहरी पनि अन्यौल रहेको छ । शवको पोष्टमार्टम रिपोर्टपछि मात्र अनुसन्धान सुरु गर्ने प्रहरीले जानकारी दिएको छ ।
प्रहरी र स्थानीयको सहयोगमा शव बाहिर निकाली पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ ।