१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले करैयामाई गाउँपालिका–४ का २६ वर्षीय पानालाल पासवानलाई साउन ३० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ पुस १६ गते बलात्कार गरेको भन्दै पीडितका बुबाले आरोपितविरुद्ध ०७९ पुस १७ गते जिल्ला प्रहरी कार्यालय कलैयामा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थय परीक्षण पुस १७ गते प्रादेशिक अस्पताल कलैयामा भएको थियो ।
आरोपितलाई काठमडौँ महानगरपालिका–३ बसुन्धाराबाट प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय बारा कलैयामा बुझाएको र घटनाबारे थप अनुसधान भइरहेको जिल्ला प्रहरी कार्यालय कलैयाका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।