अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० साउन २६ गते सन् २०२३ को दोस्रो तीन महिना (अप्रिल देखि जुनसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ ।
बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२३ को दास्रो तीन महिनाको अवधिमा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ७० जना महिला सहित ३ सय ६० जना पीडित भए । जसमा राज्यपक्षबाट घाइते, कुटपिट र अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लङ्घनको घटनामा २१ जना महिला सहित ७७ जना पीडित भए । अभिलेखित घटना अनुसार भेला अभिव्यक्ति स्वतन्त्रताका घटनामा आठ जना महिला सहित ४४ जना घाइते भए । यस अवधिमा एक जनाको कारागारमा मृत्यु भयो ।
तथापि अन्यपक्षबाट हुने मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा महिला तथा बालबालिका पीडित भएका छन् । विशेष गरी महिला तथा बालिकाहरू बलात्कार तथा यान जन्य हिंसाका घटनामा पीडित भएका छन् । यस अवधिमा तीन वर्षीया बालिकादेखि ५७ वर्षीया महिलासम्म यौनजन्य हिंसाबाट पीडित भए ।
यसैगरी अन्यपक्षबाट ४७ जना पुरुष र २ सय ३८ जना महिला गरी २ सय ३८ जना पीडित भए । अभिलेखित घटना अनुसार ६ जना महिलासहित १७ जनाका हत्या भयो । यस अवधिमा सबैभन्दा बढी बाल अधिकार उल्लङ्घनका घटनामा १ सय ६ जना बालबालिका र महिला अधिकार उल्लङ्घनका घटनामा ७४ जना महिला पीडित भए । जसमध्ये ५४ जना बालिका बलात्कार, तीन जना बालिका बेचबिखन र २८ जना बालिका यौन दुर्व्यवहारबाट पीडित भए । साथै, महिलाविरूद्ध हुने हिंसाका घटनामा ७४ जना महिला पीडित भए । जसमध्य २४ जना बलात्कार, ११ जना बलात्कार प्रयास र चार जना यौन दुर्व्यवहारका घटनामा पीडित भए ।
यसअघि विभिन्न पकारका मानव अधिकार तथा ज्यादतीका घटनामा सलग्न आरोपितहरूमाथि पनि कानुनी कारबाही हुन नसक्नु लगायतका कारणले ज्यादतीका घटना कम हुन सकेको छैन । महिला र बालबालिका माथि हुने हिंसाका घटना न्यूनीकरणका लागि स्थानीय सरकारले पनि स्पष्ट नीति ल्याउन नसक्नु तथा रोजगारीको अवसर नहनु तथा बेरोजगार जनशक्ति बढ्नुले पनि महिला र बालबालिका माथि हुने हिंसा बढेर गएको हो ।