INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–५ का ४५ वर्षीय लेखनाथ पौडेल र सोही ठाउँका ३० वर्षीय भुवन पाण्डेलाई साउन २१ गते गिफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  साउन १३ गते बलात्कार प्रयास गरेका भन्दै पीडित पक्षले साउन १४ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएका थिए ।

घटना लगत्तै फरार रहेका आरोपितद्वयलाई प्रहरीले चन्द्रौटाबाट गिरफ्तार गरेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १४ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।

अन्य

भिडियो