INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा २४ वर्षीय दाजुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले साउन १६ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षका अनुसार आरोपितले महिलालाई घरमा कोइ नभएको बखत पटक पटक बलात्कार प्रयास गरेको र साउन १६ गते पनि बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएको पीडितकी आमाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा साउन १६ गते नै भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्रराज पाण्डेका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।

अन्य

भिडियो