वीरगन्ज महानगरपालिका –४ स्थित बाल सुधार गृहबाट ०८३ असार ५ गते फरार दुई बालकैदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
सर्लाही जिल्ला मलङ्गवा नगरपालिका–३ निवासी १० वर्षीय र ११ वर्षीय बालकलाई गिरफ्तार गरिएको प्रहरीले बताएको छ । सुधार गृहको पूर्वतर्फ रहेक भवनको माथिल्लो तलास्थित शौचालयको भेन्टिलेसन फुटाएर असार ५ गते फरार भएका उनीहरुलाई नेपाल–भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिकबाट गिरफ्तार गरिएको पर्साका प्रहरी नायव उपरिक्षक हरि बहादुर बस्नेतले बताउनु भयो । उनीहरु मन्दिरको घण्टी चोरी गरेको कसुरमा सजाय भुक्तान गरी एक महिना अगाडी मात्र बालसुधारबाट रिहा भएको जानकारी दिंदै पुनः चोरी मुद्दामा नै जेठ २५ गते सुधार गृहमा आएको बस्नेतले बताउनु भयो ।