INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नगरपालिका–३ का ३४ वर्षीय मो. सलिम मिकरानीविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असार २१ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतमा ०७९ भादो ९ गते दायर भएको मुद्दामा न्यायाधिश कविप्रसाद न्यौपानेको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको अदालतका श्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनुभयो ।

पीडित महिलालाई आरोपितले ०७९ असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा साउन ३ गते उजुरी दिनु भएको थियो । जिल्ला प्रहरी कार्यालयले साउन ५ गते उजुरी दर्ता गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

आरोपित मिकरानीले हालसम्म पक्राउ नपरेको जिल्ला अदालतका श्रेस्तेदार अर्यालले जानकारी दिनुभयो ।

अन्य

भिडियो