INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नगरपालिका–३ का ३९ वर्षीय रहमत धुनियाविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असार १३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतमा ०७८ माघ २५ गते दायर भएको मुद्दामा जिल्ला न्यायाधिश कमल प्रसाद पोखरेलको इजलासले मुल्तबीमा राख्ने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडित महिलालाई आरोपितले ०७८ पुस ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा माघ ३ गते उजुरी दिनु भएको थियो । जिल्ला प्रहरी कार्यालयले माघ १३ गते उजुरी दर्ता गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १४ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

आरोपित धुनियाले हालसम्म पक्राउ नपरेको जिल्ला अदालतका श्रेस्तेदार अर्यालले जानकारी दिनुभयो ।

अन्य

भिडियो