प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता नेकपा एमालेका सचिव योगेश भट्टराईलाई असार १४ गते इलाममा आक्रमणको प्रयास गरेका छन् ।
मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा जाने क्रममा सचिव भट्टराईलाई इलाम बजारमा लिम्बूवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले बताउनु भयो ।
सचिव भट्टराईलाई लक्षित गरी आक्रमणको प्रयास भएपछि सशस्त्र प्रहरीले बचाउ गरेको थियो ।
तत्कालीन प्रदेश न.१ प्रदेशसभाले ०७९ फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेपछि पहिचानवादीहरु आन्दोलनमा छन् ।
पहिचान पक्षधरहरुको आन्दोलन हिंसात्मक हुँदै गएपछि प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ताको सुरुआत गरेको छ ।