१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चितवन रत्ननगर नगरपालिका– १२ निवासी ४४ वर्षीय नारायण घिमिरेलाई १२ वर्ष कैद सजायको फैसला भएको छ ।
न्यायाधीश शिवप्रसाद खनालको इजलासले असार ४ गते कसुर ठहर गर्दै कैद सँगै ४ लाख रुपियाँ जरिबाना र ७५ हजार रुपियाँ क्षतिपुर्तिको आदेश भएको अदालतका निमित्त श्रेस्तेदार विश्वराज कुइकेलले बताउनु भयो ।
पीडित बालिकालाई २०७९ वैशाख १८ गते बेसीशहरमा बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २६ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले सोही दिन वैशाख २६ गते गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण २०७९ वैशाख २६ गते लमजुङ अस्पतालमा गरिएको थियो ।