१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मस्र्याङ्दी गाउँपालिका– ८ निवासी ३० वर्षीय आयुष तामाङलाइ १२ वर्ष कैद सजायको फैसला भएको छ ।
न्यायधीश शिवप्रसाद खनालको इजलासले असार ४ गते कसुर ठहर गर्दै कैद सँगै ५ लाख रुपियाँ जरिबाना र ७५ हजार रुपियाँ क्षतिपुर्ति भराउन आदेश दिएको अदालतका निमित्त श्रेस्तेदार विश्वराज कुइकेलले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले २०७९ भदौ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २१ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले सोही दिन भदौ २१ गते गिरफ्तार गरेर कात्तिक ०३ गते बलात्कार कसुरमा मुद्दा दर्ता गरेको थियो ।
आरोपितलाई पूर्पक्षका लागि ०७९ कात्तिक ४ गते थुनामा पठाइको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण २०७९ भदौ २१ गते लमजुङ अस्पतालमा गरिएको थियो ।