सभापोखरी गाउँपालिका–१ स्थायी घर भई खाँदवारी नगरपालिका–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको प्रहरीले जनाएको छ ।
खाँदबारी नगरपालिका–१ घिमिरे गाउँमा डेरा गरी बस्ने युनाको उनका प्रेमी सोही ठाउँका २३ वर्षीय नन्दराम गदालले हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।
पीडितको लास खाँदबारी नगरपालिका–१ घिमिरे गाउँमा डेरा गरी बस्ने घर नजिकै जेठ १२ गते विहान फेला परेको डिएसी गोदारले बताउनु भयो ।
जेठ ११ गते राति पीडित र उनका प्रेमीसँगै बसेकाले आपसी विवादका क्रममा खुकुरी प्रहार गरी युनाको हत्या भएको हुन सक्ने स्थानीयले बताएका छन् ।
प्रेमिकाको हत्यापछि आरोपितले आफूलाई समेत खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ ।
आत्महत्याको प्रयास गर्दा घाइते भएका नन्दरामको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा गरिने तयारी गरिएको छ ।