INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका मुद्दा मुल्तबीमा

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका बलरा नगरपालिका–४ का ४० वर्षीय नविन कुमार यादव, ३७ वर्षीय पप्पु राय, ४२ वर्षीय प्रमोद राय र ३६ वर्षीय महेश सहनीविरुद्ध को मुद्दा जेठ ४ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।

जिल्ला अदालतमा २०७९ वैशाख ११ गते दायर भएको मुद्दा जिल्ला न्यायाधिश कविप्रसाद न्यौपानेको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ आर्यालले बताउनुभयो ।

पीडित महिलालाई आरोपितहरूले २०७८ चैत १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा २०७९ वैशाख २ गते उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालयले २०७९ वैशाख ६ गते उजुरी दर्ता गरेको थियो । घटना पश्चात आरोपितहरू फरार रहेको इलाका प्रहरी कार्यालयका सई रामप्रवेश यादवले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७९ वैशाख ७ गते जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।

अन्य

भिडियो