INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजायको फैसला

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राइनास नगरपालिका– १० का ३५ वर्षीय भक्तबहादुर गुरुङलाई दुई महिना कैद सजायको फैसला भएको छ ।

न्यायाधिस शिवप्रसाद खनालको वैशाख २८ गतेको इजलासले कुसर ठहर गर्दै कैद संगै १० हजार रुपियाँ जरिवाना साथै ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ती र पीडित राहत कोषमा  ४ सय रुपियाँ जम्मा गर्नेगरी फैसला भएको छ ।

पीडित बालिकालाई गुरुङले ०७९ फागुन ९ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपित विरूद्ध पीडित पक्षले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई फागुन १० गते आफ्नै घरबाट गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १० गते लमजुङ अस्पतालमा भएको थियो ।

अन्य

भिडियो