INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा सात वर्ष चार महिना कैद सजायको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बेसीशहर नगरपालिपका – १० निवासी ४० वर्षीय हरिबहादुर गुरुङलाई जिल्ला अदालत लमजुङले सात वर्ष चार महिना कैदको फैसला गरेको छ ।

न्यायधिस शिवप्रसाद खनालको वैशाख ६ गतेको इजलासले कैद संगै ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ती र २ लाख रुपियाँ जरिबाना तोकेको छ ।

पीडित महिलालाई आरोपितले २०७८ साल मङ्सिर २० गते राइनास नगरपालिका– ६ को जंगलमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २१ गते उजुरी दर्ता गरेको थियो ।

आरोपित गुरुङलाइ प्रहरीले सोही दिन मङ्सिर २१ गते गिरफ्तार गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण लमजुङ अस्पताल लमजुङमा मङ्सिर २१ गते गरिएको थियो ।

अन्य

भिडियो