INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी गर्भपतन गराएको कसुरमा कैद सजायको फैसला

लालबन्दी नगरपालिका–६ की २२ वर्षीया रञ्जना थापालाई सोही ठाउँकी ३९ वर्षीया सविना थापा, ३७ वर्षीया लक्ष्मी देवकोटा थापा, ३४ वर्षीया सपना थापा र ३७ वर्षीय धनबहादुर थापाले कुटपिट गरी गर्भपतन गराएको कसुरमा चैत २८ गते जिल्ला अदालतले कैद सजायको फैसला  सुनाएको छ ।

पीडितलाई आरोपितहरूले कुटपिट गर्दा गर्भपतन भएको ठहर गर्दै अदालतले जनही दुई महिनाको कैद सजायको पैmसला गरेको हो ।

न्यायाधीश कपिलमणी गौतमको इजलासले आरोपित धनबहादुर थापा र लक्ष्मी देवकोटा थापालाई कसुर ठहर गर्दै २÷२ महिना कैद, २ हजार रुपियाँ जरिवाना र ३० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने गरी फैसला भएको जिल्ला अदालत सर्लाहीका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितहरूले ०७९ साउन ५ गते कुटपिट गरी गर्भपतन गराएको भन्दै साउन ८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएको थियो । पीडितको उजुरीका आधारमा प्रहरीले आरोपितहरूलाई भदौ १२ गते गिरफ्तार गरेको थियो ।

पीडित पक्षले साउन ११ गते जिल्ला अदालतमा अभियोग पत्र दायर गराएकोमा न्यायाधीश कपिलमणी गौतमको असोज ५ गतेको इजलासले आरोपितहरूलाई २५ हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।

पेटमा चोट लागेर रक्तस्राव हुन थालेपछि ०७९ साउन १० गते जाँच गराउँदा चिकित्सकले गर्भपतन भएको पुष्टि गरेका थिए ।

अन्य

भिडियो