INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरियारपट्टी गाउपालिका–१ का ३५ वर्षीय छोटु भनिने विजयकिशोर यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा चैत २७ गते उजुरी दर्ता गराएकाे छ ।

आरोपितले पीडितलाई चैत २४ गते बलात्कार प्रयास गरेकोमा चैत २६ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा चैत २६ गते भएको थियो ।

घटना पश्चात आरोपित फरार रहेकाले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्सपेक्टर केशव कटुवाले बताउनु भयो ।

 

अन्य

भिडियो