INSEC Online

📅 २०८३ जेष्ठ २१

वैशाखमा हुने महायज्ञमा दलित समुदायको सहभागिताको माग गर्दै प्रहरीमा उजुरी

आगामी वैशाख १२ गतेदेखि वीरगंज महानगरपालिका–१८ को सखुचैनामा हुने महायज्ञमा दलित समुदायको सहभागिताको माग गर्दै दलित अगुवाहरूले ०७९ चैत २७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् ।

वैशाख १२ गते देखि सुखचैनामा हुन लागेको महायज्ञमा सहभागि गराउन माग गर्दै दलित अगुवा धुरुपलाल राम र प्रहलाद रामसहित जिल्लाका दलित अगुवाहरूको टोलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई निवेदन दिएका हुन् ।

विष्णु महायज्ञ व्यवस्थापन समितिले यज्ञमा सहभागी गराउन इन्कार गर्नुका साथै प्रशासन वा अन्य कुनै निकायमा उजुरी दिएमा कुटपिट गर्ने र ज्यानै मार्नेसमेत धम्की दिएको निवेदनमा उल्लेख गरिएको छ ।

सुखचैनामा दलित समुदायको ४२ ओटा घर छन् । महायज्ञ व्यवस्थापन समितिमा ६१ जना सदस्य राखिएका छन् । तर, समितिमा दलित समुदायबाट कसैलाई पनि नराखिएको साथै दलीत समुदायसँग चन्दा पनि नमागिएको दलित अगुवाहरूले बताउनुभयो ।

महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभारी महतो प्रतिक्रिया दिन मानेनन् । समितिका सचिव गोपाल प्रसाद यादवले उनीहरू आफै बस्न नचाहेको प्रतिक्रिया दिए ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले छुवाछुतजस्तो गम्भीर विषयमा छलफल नगर्ने बताउँदै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन सुझाव दिए ।

दलित अगुवाहरूले महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभारी महतो, सचिव गोपालप्रसाद यादव र मन्द्रिका महतोको नामै किटान गरी ०७९ चैत २६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् ।

किटानी बुझ्दै जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक गिरीले महायज्ञ समितिका अध्यक्षसहितका पदाधिकारीलाई जिल्लामा हाजिर गराउन निर्देशन दिनु भएको छ ।

चैत ८ गतेदेखि १६ गतेसम्म वीरगंज महानगरपालिका–१७ अलौमा सम्पन्न शतचण्डी महायज्ञमा पनि दलित समुदायलाई सहभागी गराइएको थिएन ।

manoj-ram-960x718

अन्य

भिडियो