३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–२ का ४२ वर्षीय बिष्णु कुमार यादवविरुद्ध को मुद्दामा सर्लाही जिल्ला अदालतले चैत २२ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा २०७८ फागुन १६ गते दायर भएको मुद्दामा जिल्ला न्यायाधिश कपिलमणी गौतमको इजलासले मुल्तबीमा राख्ने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनुभयो ।
पीडित महिलालाई आरोपितले ०७८ माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन ५ गते उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले ०७८ फागुन ८ गते उजुरी दर्ता गरेको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७८ फागुन ८ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।
आरोपित यादव हालसम्म पक्राउ नपरेको जिल्ला अदालतको श्रेस्तेदार अर्यालले जानकारी दिनुभयो ।