INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हुम्ला जिल्ला, खार्पुनाथ गाउँपालिका–५ का २२ वर्षीय कवि उपाध्यायलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको ०७९ माघ २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले बताउनु भयो ।

१३ वर्षीया बालिकालाई ०७९ साउन ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन ३१ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले साउन ३१ गते अनारमनीबाट गिरफ्तार गरेको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा भदौ २३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको भदौ २४ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७९ साउन ३१ गते गरिएको थियो ।

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शिवसताक्षी नगरपालिका–२ का ३९ वर्षीय भिमबहादुर थापालाई जन्म कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र १ लाख क्षतिपूर्तिको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको ०७९ माघ  २६ गतेको इजलासले सो फैसला सुनाएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले बताउनु भयो ।

पीडित बालिकालाई ०७९ असार ३२ गते बलात्कार गरेको आरोपमा भिमबहादुर थापाविरुद्ध पीडित पक्षले ०७९ साउन १ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले साउन १ गते घरबाट गिरफतार गरेको थियो ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा साउन २३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानूनी कारवाही अगाडि बढाएको थियो ।

जिल्ला अदालतको ०७९ साउन २४ गतेको आदेशमा आरोपित पुर्पक्षका थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण साउन १ गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको थियो ।

अन्य

भिडियो