१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विष्णु गाउँपालिका–६ का २९ वर्षीय संतोष मण्डल भन्ने सुशील मण्डललाई जिल्ला अदालत सर्लाहीले ०७९ माघ २२ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश श्री कविप्रसाद न्यौपानेको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै १२ वर्ष कैद फैसला गरेको स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।
पीडित बालिकालाई मण्डलले ०७८ असोज २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कात्तिक ७ गते उजुरी दिनु भएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ कात्तिक ७ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।