१८ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा नरहा गाउपालिका–४ का २९ वर्षीय देवरंजन सदा, २६ वर्षीय रामगेन सदा र २१ वर्षीय रामकिसुन सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १६ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षका अनुसार आरोपितहरू लगायत २४ वर्षीय भगत सदाले माघ १५ गते सामूहिक बलात्कार गरेकोले कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा माघ १६ गते उजुरी दिएको पीडितकी आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेसिक अस्पताल सिरहामा माघ १६ गते भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितहरू तिन जनालाई गिरफतार गरेको र अर्का आरोपित भगत फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।