२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लहान नगरपालिका–११ का २१ वर्षीय ओरगेन थारु बिरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा माघ १२ गते उजुरी दिइन् ।
पीडित पक्षका अनुसार आरोपितले भदौ ६ गते देखि कात्तिक २२ गते सम्म विवाहको प्रलोभन देखाई बलात्कार गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको हो । पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते प्रादेशिक अस्पताल लहानमा भएको थियो ।
आरोपित फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कोमल ठाकुरले बताउनु भयो ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।