१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुजरा नगरपालिका –९ का ५० वर्षीय जाहिर मनसुरीलाई ०८३ असार ८ गते गिरफ्तार गरेको छ ।
आरोपितले लामो समयदेखि बिरामी रहेकी बालिकालाई भुत चढेकोले झार्नुपर्छ भनी एक्लै बन्द कोठामा राखेर ०८२ असोज २८ गते देखि पटक पटक बलात्कार गरेको भन्दै पीडत परिवारले असार ९ गते प्रहरीमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण असार ९ गते नगर अस्पताल चन्द्रनियापुरमा गरिएको छ । घटनासम्बन्धमा अनुसन्धान भइरहेको डिएसपि रुपा लाबुङ्गले जानकारी दिनु भयो ।