INSEC Online

📅 २०८३ असार १२

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ।

बाबुद्वारा बालिका पटकपटक बलात्कारमा परेको र बालिकाले ०८३ वैशाखमा शिशुलाई जन्म दिएपछि नवजात शिशुको हत्या समेत गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरेको प्रहरी जनाएको छ।

लुकीछिपी बस्दै आएका आरोपितलाई प्रहरीले ०८३ असार ३ गते इलामको सूर्योदय नगरपालिका ३ फिक्कलबाट गिरफ्तार गरेको जनाएको छ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३ गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा गरिएको छ।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो