INSEC Online

📅 २०८३ असार १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–१ चकरीका १८ वर्षीय सुमित घलानलाई ०८३ जेठ ३१ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई जेठ ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोहिदिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बालिकाको स्वास्थ्य परीक्षण जेठ ३० गते हेटौडा अस्पतालमा गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घलानलाई हिरासतमा राखेर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो