INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय बाबुलाई एक वर्ष छ महिना कैद र १० हजार रुपियाँ जरिबानाको सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश इश्वरीमणि ओझाको मङ्सिर २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै जरिबानाको फैसला गरेको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले बताउनु भयो ।

१६ वर्षीया छोरीलाई ०७९ वैशाख ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित बाबुविरूद्ध वैशाख १४ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि प्रहरीले सोही दिन घरबाट गिरफ्तार गरेको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७९ जेठ ९ गते हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको जेठ १० गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा वैशाख १४ गते गरिएको थियो ।

अन्य

भिडियो