शिवराज नगरपालिका– ५ स्थित चन्द्रौटा कृष्णनगर सडकखण्डको जावाभारी र बहादुरगञ्ज क्षेत्रमा दुई वटा ट्रक र एक मोटरसाइकलमा कात्तिक २१ गते राती अज्ञात पक्षले आगजानी गरेको छ ।
अज्ञात पक्षले ना ५ ख १४५३ नम्बरको ट्रक , कर्णाली प्रदेश ०२००१ ख /०५७८ नम्बरको ट्रक र लु ५ प ९२८७ नम्बर को मोटरसाईकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले जानकारी दिनु भयो ।
डिएसपी घलेका अनुसार जलाएको ट्रक नजिकै नेपाल जनतान्त्रिक मुक्तिमोर्चाको पर्चा च्यातीएको अवस्थामा भेटीएको र उक्त पर्चामा निर्वाचन बहिष्कार लगायतका शब्दहरू लेखिएको छ ।
कसले र किन आगजनी गरेको भनने अन्य कुनै प्रमाण नभएको हुँदा घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी घलेले जानकारी दिनु भयो ।