INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचार संहिता उल्लङ्घन गर्ने चार जना शिक्षकलाई स्पष्टिकरण

जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिले  आचार संहिता उल्लङ्घन गर्ने चार जना शिक्षकलाई कात्तिक १९ गते स्पष्टिकरण सोधेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा निर्वाचन आचार संहिता लागु भए पश्चात पाणिनि गाउँपालिका– ४स्थित देउराली आधारभूत विद्यालयका शिक्षक युबराज पाण्डे, पाणिनि गाउपालिका– ४ स्थित देबीप्रभा आधारभूत विद्यालयकाशिक्षक गिता घिमिरे, पाणिनि गापा–८ बाबुराम आधारभूत विद्यालयका  प्रधानाध्यापक  खबरमोहम्मद अन्सारी र मालारानी गाउँपालिका– ८ जनता आधारभूत विद्यालयका  शिक्षक कृष्णप्रसाद भुसालले निर्वाचन आचार संहिता विपरित प्रचार प्रसार गरेको अनुगमन समितिले गरेको अनुगमनमा पाए पछि स्पष्टिकरण सोधिएको हो  ।

निर्वाचन आचार संहिता २०७९ को दफा ७ (ख) विपरित समेतको कार्य गरेकोले निर्वाचन आचार संहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐन दफा २३ को उप दफा (३) बमोजिम किन कारबाही गर्नु नपर्ने हो भन्ने कुरा उल्लेख गर्दै २४ घण्टा भित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँची समक्ष स्वयं उपस्थित भई लिखित स्पष्टिकरण पेश गर्न ताकेता गरेको छ ।

जिल्ला आचार संहिता अनुगमन समितिको बैठकको निर्णय अनुसार माथि उल्लेखित शिक्षकहरूबाट निर्वाचन आचार संहिता विपरित कार्य भएकोले स्पष्टिकरण माग गरिएको अनुगमन अधिकृत दीपक अधिकारीले बताउनु भयो ।

अन्य

भिडियो