INSEC Online

📅 २०८३ जेष्ठ २१

मोबाइल चोरीको आरोपमा तीन जना बालकमाथि कुटपिट

गौशाला नगरपालिकामा मोबाइल चोरीको आरोपमा तीन जना बालकलाई कुटपिट गरिएको घटना सार्वजनिक भएको छ ।

गौशाला नगरपालिका–१२ पररिया बस्ने १२ वर्षीय, १४ वर्षीय र १३ वर्षीय बालकलाई मोबाइल चोरीको आरोपमा कात्तिक १५ गते कान्तिबजारमा सोही ठाउँ बस्ने २५ वर्षीय कान्छा भनेर चिनिने राम दरेश महतोले कुटपिट गरेको पीडित पक्षको आरोप छ । बालकहरुले भने मोबाइल नचोरेको बताइरहेका छन् ।

कुटपिटबाट तीनै जना बालक घाइते भएका छन् । घाइते तीनै जना बालकलाई स्थानीय क्लिनिकमा उपचार गराएर थप उपचारको लागि गौशाला प्राथमिक स्वास्थ्य केन्द्रस्थित अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर रन्जन मिश्रले जानकारी दिनु भयो ।

पीडित परिवारहरुले इलाका प्रहरी कार्यालय गौशलामा कात्तिक १६ गते सामुहिक उजुरी दिएका छन् । उजुरीको आधारमा कुटपिट गर्ने राम दरेशलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर मिश्रले जानकारी दिनु भयो ।
photo20221105mahottari

अन्य

भिडियो