INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बाणगंगा नगरपालिका– ७ का २३ वर्षीय सौगात परियार र ३२ वर्षीय मिथुन थारू विरूद्ध पीडित पक्षले असोज २४ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितद्वयले असोज २० र २२ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।

अर्घाखाँची घर भई कपिलवस्तु मामाघरमा टिका लगाउन आएकी पीडितलाई असोज २० गते बाणगंगा नगरपालिका– २ पिपरादेखि चन्द्रौटा सम्म जाने गाडीमा चढेर गएको अवस्थामा  प्रलोभन देखाएर सहचालक सौगात परियारले आफ्नै कोठामा दुई दिनसम्म राखेर बलात्कार गरेको र असोज २२ गते मिथुनले अर्घाखाँची घर सम्म पु¥याउने भन्दै  मोटरसाईकलमा लगेर बाणगंगा नगरपालिका– ९ पडेरियामा बलात्कार गरेको पीडितले बताउनु भयो ।

बलात्कार पछि  प्रतिक्षालयमा  बस्न लगाएर मिथुन भागेको उजुरीमा उल्लेख गरिएको  प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण असोज २३ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

अन्य

भिडियो