कमल गाउँपालिका-२ सिमलडाँगीकी ५० वर्षीया आमा चन्द्रकला माझी र ५० वर्षीय काका सन्तबहादुर माझीको असोज १५ गते खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले सोही ठाउँका २३ वर्षीय चन्द्र माझीलाई असोज १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले खुकुरी प्रहार गरी हत्या गरेको अनुमान गरिए पनि के कति कारणले हत्या भएको सो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले बताउनु भयो ।
शवको पोष्टमार्टम मेची अस्पतालमा असोज १७ गते गरिएको छ ।