INSEC Online

📅 २०८३ जेष्ठ २१

निलम्बित प्रधानन्यायधीश जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न आयोगको आग्रह

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

आयोगले ०७९ असोज २ गते विज्ञप्ति जारी गरी व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताका अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व भएको बताएको हो ।

यसप्रकारका अधिकारहरूमा कुनै पनि वहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ’, आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अतः संविधान र कानुनमै टेकेर यसप्रकारको गतिरोधको अन्त्य गर्न आयोग संवद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’

असोज २ गते जबराको निवासमै पुगेर पछिल्लो अवस्थाबारे जानकारी लिएको आयोगले जबरा निवासको आवतजावतको निगरानी गरेको, आवास बाहिर निस्कने सवारी साधनमा चेकजाँचमा कडाइ गरेको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाएको पाइएको जनाएको छ ।

आयोगको टोलीले तहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग बुझ्दा माथिको आदेशबाट बाहिर निस्कन रोकावट गरेको भन्ने जानकारी टोलीलाई प्राप्त भएको छ’ आयोगका सहसचिव एवम् प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अन्य

भिडियो