७१ वर्षीया महिलालाई भदौ २९ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले बुढीगंगा नगरपालिका–६ का ४० वर्षीय बिष्णु भारतीलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।
प्यारालाइसिस रोगबाट ग्रसित महिलालाई बलात्कार गरेर फरार हुन लागेको समयमा पीडितका पतिले थाहाँ पाएपछि आरोपितले घरको छतबाट हाम फाल्दा लडेर घाइते भएका थिए ।
घाइते भएका आरोपितलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको र आरोपितको उपचार जिल्ला अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गीन्द्रबहादुर बोगटीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घटनाका आारोपितको टाउँकोमा गहिरो चोट र दायाँ हात भाचिएकोले प्रहरीको निगरानीमा सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको समेत इन्स्पेक्टर बोगटीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते जिल्ला अस्पतालमा गरिएको छ ।