INSEC Online

📅 २०८३ जेष्ठ २१

सिद्धार्थ क्याम्पसका दुई वटा बसमा तोडफोड

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका युवाहरूले  बाणगङ्गा नगरपालिका बुंचीस्थित सिद्धार्थ क्याम्पसका दुई वटा बसमा भदौ २० गते तोडफोड गरेका छन् ।

क्याम्पसको प्राङ्गणमा राखिएका बसको अगाडीको सिसा तोडफोड भएको इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर दिपक बाबु केसीले जानकारी दिनु भयो । केसीले शङ्काष्पद व्यक्तिहरूको खोजी भइरहेको बताउनु भयो ।

बस तोडफोड भएकै ठाँउमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको पत्र भेटिएको छ । जसमा सिद्धार्थ क्याम्पसलाई जनकारबाही गरिएको उल्लेख छ ।

पत्रमा विद्यार्थीको मागप्रति क्याम्पस गम्भीर नभएको, पब्लिक क्याम्पस संघले बढाएको शुल्क फिर्ता नगरेको, विद्यार्थी आन्दोलनलाई बेवास्ता गर्दै जायज आन्दोलन विरूद्ध गतिविधि गरेको, विद्यार्थीका माग पुरा गराउन लगाएको ताला तोडिएको, उल्लेख गरिएको छ । आफ्ना माग पुरा नगरे थप शैक्षिक हड्ताल सहित जनकारबाही गर्ने पत्रमा लेखिएको छ ।

क्याम्पस प्रमुख खेमराज शर्माले शैक्षिक क्षेत्र भएको आक्रमणले विद्यार्थीहरूको पठन पाठनमा प्रभाव परेको बताउनु भयो ।

अन्य

भिडियो