अज्ञात पक्षको गोली प्रहारबाट मायादेवी गाँउपालिका –६ मदरहवाका ५५ वर्षीय राम समुझ भनिने घुरहु पासीको भदौ १० गते हत्या भएको छ ।
पासी मायादेवी गाँउपालिका– ५ बनकसिहांको एक खाली घरमा गोली लागेर घाइते भएको अवस्थामा फेला परेका थिए ।
घाइतेको कपिलवस्तु अस्पताल तौलिहवा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले जानकारी दिनु भयो ।
पासीलाई स्थानीयले रक्ताम्य अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।
भारतीय नम्बर प्लेटको मोटर साईकलमा आएको एकजना अपरिचत व्यक्तिले गोली प्रहार गरेको स्थानीयले बताएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको डिएसपी शाहले बताउनु भयो ।
शव पोष्टमार्टमकालागि कपिलवस्तु अस्पताल तौलिहवामा राखिएको छ ।