INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउन इन्सेकको सहयोग

सन्धिखर्क नगरपालिका–४ वाङ्ला देउराली डाँडा बस्ने ४१ वर्षीया रामप्यारी दमाईलाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले साउन १९ गते आर्थिक सहयोग गरेको छ ।

पीडितलाई नेपाल पत्रकार महासंघका प्रतिनिधि, दलित अधिकारकर्मी, र राजनीतिक दलका प्रतिनिधिहरूको रोहवरमा इन्सेक प्रतिनिधि कूलबहादुर नेपालीले १० हजार रूपियाँ हस्तान्तरण गर्नु भएको हो ।

पीडित महिलाका पति ४६ वर्षीय गोपाल दर्जिले ०७८ फागुन १६ गते ४४ वर्षीया जमुना परियारलाई विवाह गरेका थिए ।

रामप्यारी र आरोपित गोपाल बिच ०५६ सालमा सामाजिक परम्परा अनुसार विवाह गरी चार जना छोरा छोरी रहेका छन् ।

बहु विवाह पछि परिवारको रेखदेख नगरेको, मानसिक तनाव दिएको भन्दै आरोपित विरूद्ध बहुविवाहको मुद्दा प्रकृया अगाडि बढाउन आर्थिक समस्या भएकोले आर्थिक सहयोगका लागि इन्सेक अर्घाखाँचीमा पीडितले  असार २५ गते निवेदन दिनु भएको थियो ।

 

अन्य

भिडियो