१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नगरपालिका –११ का २३ वर्षीय सुरज लोनियालाई
पीडितलाई आरोपितले साउन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध साउन २९ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका थिए ।
उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले बताउनु भयो ।
छोरी घरमै बसी रहेको अवस्थामा आरोपित आएर बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २८ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।