शितगङ्गा नगरपालिका–४ चाक्ला बजारकी ५२ वर्षीया कमला कार्कीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २६ वर्षीय हेमन्त कार्कीलाई साउन १ गते गिरफ्तार गरेको छ ।
आमालाई आरोपितले असार ७ गते घरमा सामान्य विबाद भएपछि लाठी प्रहार गरी घाइते बनाएका थिए ।
घाइतको बुटवलस्थित मेरीटेस्ट हस्पीटलमा १९ दिन उपचार गरी शिक्षण अस्पताल काठमाण्डौमा उपचारको क्रममा साउन १ गते मृत्यु भएको भन्दै पीडित पक्षले साउन १ गते इलाका प्रहरी कार्यालय ठाँडामा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाँडाका इन्सपेक्टर होमनाथ रेग्मीले बताउनु भयो ।
शवको पोष्टमार्टम साउन १ गते शिक्षण अस्पताल, काठमाण्डौमा गरिएको छ ।