INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मालारानी गाउँपालिका–२ डाँडाकटेरी की २७ वर्षीया सरस्वती भट्टराई भुसालको हत्या गरेको आरोपमा प्रहरीले पति २७ कमल भुसाललाई  असार १० गते गिरफ्तार गरेको छ।

सरस्वतीलाई आरोपितले असार १० गते पछेउरीले घाँटी च्यापेर हत्या गरेको भन्दै मृतक पक्षले असार ११ गते इलाका प्रहरी कार्षलय खनमा उजुरी दिएका छन् ।

घटना पछि आरोपित इलाका प्रहरी कार्यालय आएर आत्मसमर्पण गरेको  जिल्ला प्रहरी कार्यालयका  इन्स्पेक्टर अर्जुन पौडेलले बताउनु भयो ।

आरोपितले पत्नीलाई घाँस काट्न जाने बहाना बनाए जंगलको लगेर पछेउरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतकका माइति बुवाले असार १० गते आफ्नी छोरी सरुलाई आरोपित कमल भुसालले हत्या गरी मारेको भनी ऐन कानून बमोजिम कानूनी कार्बाही अंगाडि बढाउन दिएको उजुरी असार ११ गते दर्ता भएको छ ।

शवको पोष्टमार्टम असार ११ गते जिल्ला अस्पताल अर्घाखाँचीमा गरिएको ।

अन्य

भिडियो