INSEC Online

📅 २०८३ जेष्ठ २१

महोत्तरीमा जिससले डाकेको सर्वदलीय बैठक राजपाको विरोधपछि स्थगित

जिल्ला समन्वय समिति महोत्तरीले गाउँपालिका थप गर्ने विषयमा वैशाख १३ गते डाकेको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टीले विरोध जनाएपछि बैठक स्थगित गरिएको छ ।

राजपाले आफ्नो तयारी पुर्ण नरहेको भन्दै विरोध जनाएपछि एकदिनको लागि बैठक स्थगित गरिएको छ । अब वैशाख १४ गते बिहान ८ बजे सर्वदलीय बैठक डाकिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

महोत्तरीको कुल जनसङ्ख्या ६ लाख २४ हजार ६ सय ९६ रहेकामा नगरपालिकामा कम्तीमा ३१ हजार र गाँउपालिकामा कम्तीमा २१ हजार जनसङ्ख्याको हिसावमा गाउँ र नगरपालिका थप्न सकिने भएकोमा स्थानीय राजनीतिक दलहरू आ-आफ्नै सुविधा अनुसार थप्ने तयारीमा जुटेको देखिएको छ ।

हालको भद्र सहमति अनुसार ७ देखि १२ गाउँ तथा नगरपालिका थपेर महोत्तरीमा गाँउपालिका र नगरपालिकाको सङ्ख्या दोब्बर बनाउने तयारी गरिएको छ । दलहरूको प्रतिनिधित्वसमेत बढ्ने भएपछि सबै दलहरू आफ्नो हिसावले गाउँहरूको भागबण्डामा लागेका छन् ।

नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र राजपालगायतका दलहरू आआफ्नै पार्टी कार्यालयमा जिल्लाको नक्सा तथा गाउँहरूको जनसङ्ख्या उल्लेखित विभिन्न दस्तावेजका साथ गाँउपालिका थप्न लागि परेका छन् ।

नेपाल सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गराउने निर्णय गरेसँगै महोत्तरीमा चुनावी गतिविधि हाललाई रोकिएको छ । चुनावी गतिविधि रोकिएसँगै निर्वाचन अधिकृतहरू आआफ्नो कार्यालयमा फिर्ता भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भने यथावत रहने जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

नेपाल सरकारले तराई मधेशका ११ जिल्लामा पुनर्विचार गरी गाउँ र नगरपालिका थपिने जनाएपछि दलहरू जनसङ्ख्याको आधारमा महोत्तरीमा गाउँ र नगरपालिका थप गर्न छलफलमा व्यस्त देखिएका हुन् ।

हाल यस्तो छ गाउँ र नगरपालिकाः

Book1

निर्वाचनका कार्यहरू रोकिएको छैनः जिल्ला निर्वाचन अधिकृत

जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अधिकृत पिङ्की रायले महोत्तरीमा दोस्रो चरणमा निर्वाचन हुने भएकोले निर्वाचन अधिकृतहरू फिर्ता भएको बताइन् । उनले दोस्रो चरणमा निर्वाचन गरिने भएकोले हाललाई चुनावका कार्यक्रमहरू केही पछाडि सर्ने तर प्रकृया र चुनावी गतिविधि भने नरोकिने बताइन् । निर्वाचन अधिकृत रायले जिल्लाको मटिहानी र पिपरा गाँउपालिका तथा जलेश्वर नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको बताइन् । उनले मतदाता शिक्षा स्वयम्सेवक र निर्वाचन कार्यकर्तालाई तालिमको निरन्तरता दिने र वैशाख २८ गतेदेखि जेठ २२ गतेसम्म उनीहरू गाउँगाउँमा नै रहने बताइन् ।

अन्य

भिडियो