महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उप प्रमुख पदकी उम्मेदवार महाराजगन्ज नपा–२, गैडहवाकी ५५ वर्षीया शुभावती कुर्मीको वैशाख २६ गते मृत्यु भएको छ ।
निवर्तमान उप प्रमुख समेत रहेकी कुर्मीको ह्रृदयघातका कारण जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो ।
उम्मेदवारको मृत्युपछि महाराजगञ्ज नगरपालिकामा वैशाख २७ गते निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थीले बताउनु भयो ।
उम्मेदवारको मृत्युको खबर भए लगत्तै आयोगलाई जानकारी गराईएको र निर्वाचन आयोगबाट अर्को सूचना नआउँदासम्म महाराजगञ्ज नगरपालिकामा निर्वाचन सम्बन्धि कार्यहरू स्थगित गरिएको मुख्य निर्वाचन कार्यालयका अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनु भयो ।