२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देउमाई नगरपालिका–७ का ४० वर्षीय सुनिल तामाङलाई वैशाख २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७८ चैत १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपिलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सई कमल चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २९ गते गरिएको छ ।