१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–५ चोकमागुका ४४ वर्षीय बाबुलाई चैत २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई घर नजिकै जङ्गलमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डम्बर विश्वकर्माले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २९ गते गरिएको छ ।