INSEC Online

📅 २०८३ जेष्ठ २१

विरोध प्रदर्शनमा संलग्न सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्षसहित १४ जना गिरफ्तार

सङ्घीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै बबरमहलस्थित वन परिसरमा विरोध प्रदर्शनमा उत्रिएका सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठक सहित १४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले प्रदर्शनमा सहभागीहरूलाई माघ १८ गते गिरफ्तार गरेर नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखेको हो ।

Fecofan 1

गिरफ्तारीमा पर्नेहरूमा भारती पाठक, मकवानपुर, बिर्खबहादुर शाही, हुम्ला, ठाकुर भण्डारी, गुल्मी, पार्बता गौतम, तेह्रथुम, डोलकुमारी सापकोटा, लमजुङ, प्रेम घिमिरे, ललितपुर, केशवराज गिरी, ललितपुर, दयालक्ष्मी श्रेष्ठ, सिन्धुपाल्चोक, सहदेव न्यौपाने, ललितपुर, पवित्रा तिमल्सिना, भक्तपुर, उमा केसी, भक्तपुर, प्रेम सुवेदी, भरतपुर, संजिव वाईबा, सिन्धुली, हेमन लामा, सिन्धुली रहेका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन)ले वन पैदावार र सदुपयोगमा प्रतिबन्ध लगाइएमा केही दिनदेखि विभिन्न स्वरुपमा आन्दोलन गरिरहेको छ ।

Fecofan 4

महासङ्घले सरकारसँग वन निमावली ०७८ को मसौदा खारेज गर्नुपर्ने, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार रोक्नुपर्ने, तेहेरो कर र वन पैदावार सदुपयोगमा लगाइएको प्रतिवन्ध हटाउनुपर्ने, वन्यजन्तु आक्रमणमा परी ज्यान गुमाउनेलाई कम्तीमा १ करोड क्षतिपूर्ति दिनुपर्ने लगायत १० बुँदे माग राखेको छ ।

गिरफ्तारीमा परेकाहरूलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा तीन घण्टा राखेर प्रहरीले सोही दिन दिउँसो रिहा गरेको छ ।

यसैगरी सामुदायिक वनको अधिकार कटौती गर्न लागेको भन्दै विरोध प्रदर्शनमा उत्रेका सामुदायिक वन उपभोक्ता महासङ्घका पदाधिकारी र अभियानकर्मीहरूलाई गिरफ्तार गरेकोमा मानव अधिकार एलाइन्सले एक विज्ञप्ति प्रकाशन गरी विरोध जनाएको छ ।

अन्य

भिडियो