INSEC Online

📅 २०८३ जेष्ठ २१

१३ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु

“विधिको शासन कायम गरौँ, मानव अधिकारको सम्मान गरौँ” भन्ने नाराका साथ १३ औं मानव अधिकार राष्ट्रिय महाभेला मङ्सिर २२ गतेदेखि काठमाडौँमा सुरु भएको छ ।

मानव अधिकारका विभिन्न क्षेत्रमा छलफल गर्दै सप्ताहब्यापी रूपमा मनाइने महाभेलाको आयोजकका रूपमा इन्सेक लगायत विभिन्न ६८ सङ्घसंस्था रहेका छन् भने शान्तिका लागि साझा अभियान (कोक्यापले) महाभेलाको संयोजन गरेको छ ।

Photokathmandu120211208महाभेलामा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि सम्माननीय उपरास्ट्रपति नन्दबाहादुर पुनले संविधानले सबै नागरिक बराबर भएको उल्लेख गरेकाले कुनै पनि जाति, लिङ्ग भाषा र धर्मका आधारमा मानिसलाई भेदभाव गर्न नहुने बताउनुभयो ।

16 days campaignNepaliमानव अधिकारको पूर्ण पालना बिना सभ्य र सुसंस्कृत समाजको कल्पना गर्न नसकिने उल्लेख गर्दै उहाँले संविधानले प्रत्यक नागरिकको पूर्ण अधिकारको ग्यारेन्टी गरे पनि समाजमा केही कुरीति र अन्धविश्वास कायमै रहेकाले नेपालमा मानव अधिकारको अवस्था अपेक्षित रूपमा सुधार हुन् नसकेको बताउनुभयो ।

मानव अधिकारको प्रवर्दन र संवर्दनका निम्ति राज्य र नागरिक समाजको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई थियो ।

त्यस्तै महाभेलाका विशेष अतिथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय तपबहादुर मगरले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक रहेकाले सबैले सामूहिक रूपमा लोकतन्त्र, मानव अधिकार र कानूनको शासनको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

Photokathmandu320211208अहिले देशका विभिन्न स्थानमा महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूमाथि हिंसा बढिरहेको उल्लेख गर्दै उहाँले सबै नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकमाथि आँच आउन नदिन सरकार नागरिकको सुरक्षामा प्रतिवद्ध रहनुपर्ने बताउनुभयो ।

त्यस्तै महाभेलाको मूल आयोजक समितिकी अध्यक्ष रोशना खड्काले मानव अधिकारमैत्री समाजको निर्माण गर्न सके मात्र नागरिकले सम्मानजनक जीवनयापन गर्न र संविधानले दिएको अधिकार उपभोग गर्न सक्ने उल्लेख गर्नुभयो ।

मानव अधिकारकर्मीको सुरक्षा र उनिहरूको सूचनामाथिको पहुँचमाथि देखिने अवरोध जस्ता चुनौतीहरूले मानव अधिकारकर्मीलाई दिनप्रतिदिन गाँजीरहेकाले उहाँले उनीहरूको सुरक्षामा राज्यका निकाय गम्भीर हुनुपर्ने उहाँको भनाई थियो ।

मानव अधिकार ठूलाबडा र शिक्षितको मात्र नभएर यो दूरदराजमा बस्ने गरिब, असहाय, वृद्ध, अपाङ्ग, अशक्त, बालबालिका, सीमान्तकृत समुदायको पनि भएकाले सरकारले नागरिक तथा राजनीतिक अधिकारसँगै सीमान्तकृत वर्गका मानव अधिकार सम्वर्धन र संरक्षणमा ध्यान दिन आवस्यक रहेको उहाँले बताउनुभयो ।

Photokathmandu220211208महाभेलाको अवसरमा मानव अधिकारको क्षेत्रमा योगदान पुर्‍याएबापत विभिन्न व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

जसमा मानव अधिकार राष्ट्रिय महाभेला कदर सम्मान २०७८ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, मानव अधिकार राष्ट्रिय महाभेला कदर सम्मान २०७७ भद्रमान घले, पद्मरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार २०७७ दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार २०७८ डा. रेणु राजभण्डारी, शान्तालक्ष्मी महिला मानव अधिकार पुरस्कार २०७८ मुस्कान खातुन र शान्तालक्ष्मी महिला मानव अधिकार पुरस्कार २०७७ सपना रोका मगरलाई प्रदान गरिएको थियो ।

अन्य

भिडियो