तीन ओटा अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरूबारे छानबिन गर्न माग गरेका छन् ।
एमनेष्टि इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स् र ह्युमन राइट्स वाचले कात्तिक २६ गते संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको सङ्कटका कारण नेपालको न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा परेकाले प्रधानन्यायाधीशमाथि छानबिन गर्न आग्रह गरेका हुन् ।
अदालतको विश्वसनीयता र स्वतन्त्रता जोगाउन यो सङ्कटको समाधान गर्नुपर्नेमा ती संस्थाहरूले जोड दिएका छन् ।
नेपालमा मानव अधिकार र विधिको शासन कायम राख्न सर्वोच्च अदालतको महत्त्वपूर्ण भूमिका भएकाले अहिलेको सङ्कट न्याय प्रणालीका लागि एकदमै चिन्ताजनक भएको विज्ञप्तिमा उल्लेख छ ।