INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकीमा औषधि अभाव

खार्पुनाथ गाउँपालिका– १ स्थित लाली स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् ।

बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा औषधि नभएको भन्दै स्वास्थ्यकर्मीले फर्काएको  स्थानीय बिर्जन शाहीले बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखा संयोजक बलिराज शाहीका अनुसार एकसाता देखि सिजनल फ्लुका बिरामी बढेपछि दैनिक १५ देखि २० जना व्यक्तिहरू ज्वरो, टाउको दुख्ने बिरामी भएर स्वास्थ्य चौकी आउने गरेता पनि औषधि नभएर फर्काउनु परेको छ ।

गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकिएपछि बिरामीलाई समस्या भएको खार्पुनाथ गाउँपालिका–१ का वडाध्यक्ष मगुसिँह बुढाले जानकारी दिनुभयो ।

‘आफै पनि वाथ रोगको उपचारको लागि सदरमुकाम सिमकोट धाउनु परेको छ । गाउँमा अधिकांश बालबालिका, वृद्व वृद्वाहरू बिरामीले थला परेको छन्, औषधि छैन’ वडाध्यक्ष बुढाले दुःखेसो पोख्नुभयो ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले गाउँपालिकामा औषधि अभाव भएका कारण पठाउन नसकेको बताउनुभयो ।

औषधि खरिद प्रकृया भइरहेको र जिल्लामा आउने बित्तिकै स्वास्थ्य संस्थाहरूमा पठाइने अध्यक्ष बुढाको भनाइ छ ।

अन्य

भिडियो